
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा दहलन बालीको उत्पादकत्व ३.४ प्रतिशतले बढेको छ ।
अर्थमन्त्रालय सार्वजनिक गरेको आर्थिक सर्वेक्षणका अनुसार यस वर्ष दहलन बालीको उत्पादकत्वमा कमी आइ ४ लाख ८ हजार ३७१ मेट्रिक टनमा सीमित हुने अनुमान गरिउको छ ।
आव २०७७/७८ मा यस्तो उत्पादन ३ लाख ९७ हजार १४३ मेट्रिक टन थियो ।
दलहन बालीमा मसुरो, चना, अरहर, गहत, मास, भटमासलगायत पर्छन् । तर चालु आवमा यस्ता बाली लगाइएको क्षेत्रफलमा गत आवको तुलनामा ०.५ प्रतिशतले संकुचन आएको छ ।
चालु आवमा दलहन बालीको कुल उत्पाaदनमा मसुरो बालीको हिस्स ६२ प्रतिशत हुने अनुमान गरिएको छ । यस अवधिमा मसुरो बालीको उत्पादन र उत्पादकत्व क्रमशः २.५ प्रतिशत र ४.६ प्रतिशतले हुने अनुमान गरिएको छ । यस अवधिमा भटमास र मासको उत्पादन क्रमशः १४.७ प्रतिशत र २०.७ प्रतिशतले बढेको अनुमान गरिएको छ ।
चालु आवमा दलहनबाली मध्ये सबैभन्दा धेरै उत्पादकत्व भटमासको १.४ मेट्रिक टन प्रतिहेक्टर छ भने समग्रमा दलहन बालीको उत्पादकत्व ३.४ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
SHARE YOUR THOUGHTS