
काठमाडौं । सुनर्वि फाइनरी मिस्टर एण्ड मिस सुपरनेशनल नेपाल मे २९ मा हुने भएको छ ।
१०० भन्दा बढी आवेदकहरूले अडिसनका लागि आवेदन दिएका थिए । जसमा अडिसन राउण्डबाट २० जना प्रतिस्पर्धीलाई प्रतियोगिताका लागि छनोट गरिएको थियो । २० जनाले फिटनेस राउण्ड, ट्यालेन्ट राउण्ड, स्विम वेयर राउण्ड र टप मोडल राउण्ड जस्ता विभिन्न राउण्डमा प्रदर्शन गरेका थिए ।
२० जनाले ग्रान्ड फिनालेमा प्रदर्शन गर्नेछन् । नेपालमा भएको सौन्दर्य प्रतियोगितामा कुनै पनि ग्रान्ड स्लाम विजेता निर्णायक बन्न लागेको यो पहिलो पटक हो । ग्रान्ड स्लाम विजेता नेपाल भ्रमणमा आएको भने यो दोस्रो पटक हो । कार्यक्रमको कोरियोग्राफी प्रख्यात फेसन कोच तथा कोरियोग्राफर प्रशान्त ताम्राकारले गर्दैछन् ।
प्रतियोगिताका विजेता (१ पुरुष र १ महिला) ले पोल्याण्डमा हुने मिस्टर एण्ड मिस सुपरनेसनल २०२२ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । विजेताले ७ लाख रुपैयाँ बराबरको पुरस्कार पाउनेछन् ।
SHARE YOUR THOUGHTS