
काठमाडौं । सरकारले कृषि ढुवानीका लागि एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।
त्यसैगरी, सरकारले आत्मनिर्भरताको लागि राष्ट्रिय अभियान वर्ष मनाउने भएको छ । यस अभियान अन्तर्गत आन्तरिक उत्पादन बढाउनका आत्मनिर्भरताको लागि कृषि उत्पादन कार्यक्रम सञ्चालन गर्नेछ । ग्रामीण क्षेत्रलाई कृषि उत्पादनको केन्द्रको रुपमा विकास गर्नेछ ।
किसानलाई सहकार्य र सहकारीसँग सहकार्य गरेर जमिन उपलब्ध गराई कृषि उत्पादन बढाइने र यस क्षेत्रको व्यसायीकरण, आन्तरिकीकरण गरिने अर्थमन्त्रीले बताए ।
कृषकहरूलाई सहज तरिकाले मल, बिउ, प्रविधि, सिचाई उपलब्ध गराउनका लागि लघुवित्तमार्फत् सहुलियतपूर्ण कर्जा प्रदान गरिने समेत उनले बताए ।
साथै, संकलन केन्द्र निर्माण गर्ने र उत्पादित वस्तुको बजारको व्यवस्था गर्ने भएको छ ।
SHARE YOUR THOUGHTS