
काठमाडौं । सरकारले स्यानिटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार छुट दिने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले नेपालमै स्यानिटरी प्याडको आयातमा छुट दिएको जानकारी दिए ।
तर स्वदेशी कम्पनीले गर्ने कच्चा पदार्थ आयातमा हकमा भने १ प्रतिशत मात्रै भन्सार शुल्क लाग्नेछ ।
साथै, सरकारी वा सार्वजनिक निकायले वितरण गर्ने स्यानिटरी प्याड अनिवार्यरुपमा स्वदेशी हुुनुपर्नेछ ।
SHARE YOUR THOUGHTS