केही व्यक्तिलाई फाइदा हुनेगरी वितरणमुखी बजेट आयोः सांसद दाहाल « Eglish Khabarhub

केही व्यक्तिलाई फाइदा हुनेगरी वितरणमुखी बजेट आयोः सांसद दाहाल


१७ जेष्ठ २०७९, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । सांसद कृष्णप्रसाद दाहालले सरकारले आगामी आर्थिक वर्षको बजेट वितरणमुखी रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन् । दाहालले बजेटमा निश्चित वर्ग र व्यक्तिलाई हित हुनेगरी केही प्रबन्ध गरेको दाबी गरे । साथै दाहालले बजेट केही व्यक्तिलाई पनि फाइदा पुग्ने गरी ल्याएको बताए ।

सरकारले ल्याएको बजेटमा एउटै प्रकृतिको उद्योगमा सिमित व्यक्तिले फाइदा लिने र धेरै उद्योगीले कर प्रबन्धका कारण चल्न नसक्ने अवस्था आएको बताए । सरकारको यस्तो नीतिले कसरी विश्वासको वातारबण बन्ने भन्दै दाहालले प्रश्न गरे । सरकारको नीतिले विदेशी लगानी नआउने, नेपाली लगानी पनि नबढ्ने उनको बुझाइ छ । ‘नेपाली लगानी नै बन्द हुनेगरी सिमित व्यक्तिले फाइदा पाउनेगरी करको नीतिमा फेरबदल गर्न मिल्छ’ भन्दै उनले प्रश्न गरेका छन् ।

दाहालले अर्थमन्त्री जनार्दन शर्माले प्रतिमहिना १० प्रतिशतका दरले पुँजिगत खर्च गर्ने भनेपनि त्यो पुरा नभएको दाबी गरे । ‘आशा थियो यसअघिको बजेट खर्च नहुने प्रवृतिमा ब्रेक लाग्ने भयो भन्ने लागेको थियो’ उनले भने ‘यो पटक मन्त्रीले १०० प्रतिशत बजेट खर्च गर्नुहोला भन्ने लागेको थियो, अहिलेसम्म ३३ प्रतिशत पुगेको छ ।’

अहिले अर्थतन्त्र जोखिमको डिलमै पुगेको भएपनि त्यसलाई जोगाउने खालको बजेट नआएको उनको भनाइ छ । ‘व्यापारघाटा, शोधनान्तर स्थित, विदेशी मुद्रा संचिती गर्ने कुनै ठोस योजना बजेटमा छैन’ उनले भने ‘देश संकटग्रस्थ स्थितीमा गएको छ, कसरी हल गर्ने भन्ने तर्फ बजेट केन्द्रित भएको छैन ।’

विदेशमा रहेका नेपालीका लागि कुनै पनि नयाँ योजना नभएको दाहालले तर्क गरे । वैदेशिक मुद्राको संचितीको विषयमा नसोची ल्याएको बजेटले हामी कुन दिशातर्फ जान लागेका छौं भन्ने संकेत गरेको तर्क गरे । बजेटले आन्तरिक स्रोतमा पनि ध्यान दिन नसकेको बताए ।

बैंकबाट कर्जा गइरहेको तर त्यसले उत्पादन, रोजगारी बनाउने केही नीति नभएको उनको बुझाई छ ।
बजेटमा सरकारले ३० प्रतिशत आयात घटाउने भनेपनि आयातमुखी राजस्वको विकल्प नखोजी १२ खर्ब ४० अर्बको राजस्वका अनुमान गरिएको दाहालको बुझाइ छ । आयात घटाउने हो भने १२ खर्ब ४० अर्बको राजस्व उठाउन नसकिने दाहालको तर्क छ ।

करमा छुट दिएर मात्रै लगानी नबढ्ने र त्यसको लागि अन्य क्षेत्रको पनि सहयोग चाहिने उनको भनाइ छ ।
बजेटले २१ प्रतिशत पुँजिगत खर्चको लक्ष्य राखेको, ८ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ । ‘मैले हिसाब नजोनेको हो की ? अर्थमन्त्री ज्यूले पक्का नजानेको कुरा म भन्न सक्दिन । एकातिर तरलताको अभाव छ, लगानीगर्ने पैसा सबै व्यापारमा गएको छ’ उनले भने, ‘कारखाना खुलेको छैन । उत्पादन भएको छैन । पुँजीगत खर्च ३३ प्रतिशत छ । मंसिरमा चुनाव भयो भने बजेट कार्यान्वयन कति होला । यो हावा कल्पना मात्रै हो ।’

बजेटले कर्मचारीको तलब बढ्दा मूल्यवृद्धि हुने उनको बुझाइ छ । यो बजेटले मुलुकमा गरिबी बढाएर लैजाने, सबै गर्छुभन्दा केही पनि नगर्ने देखिएको दाबी गरे । उनले आगामी आवको बजेटलाई अर्थसिमितिले दिएको सुझाव कार्यान्वयन नभएको र राखिएका सुझाव पनि सहि ठाँउमा नपरेको उनको तर्क छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार ००:००  २ : ३५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping