सरकारले बजेटमा सिद्धान्त विपरित अन्तशुल्क लगायोः पूर्वमन्त्री पाण्डे « Eglish Khabarhub

सरकारले बजेटमा सिद्धान्त विपरित अन्तशुल्क लगायोः पूर्वमन्त्री पाण्डे


१८ जेष्ठ २०७९, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । पूर्वअर्थन्त्री सुरेन्द्र पाण्डेले सरकारले सिद्धान्त विपरित धेरै वस्तुमा अन्तशुल्क लगाएको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा उनले यस्तो दाबी गरेका हुन् ।

पाण्डेले विद्युतीय सवारीमा अन्तशुल्क लगाउने सरकारको निर्णय सिद्धान्त विपरित भएको तर्क गरे । ‘पहिला धुवाँ आउने, स्वास्थ्यमा असर पर्ने वस्तुमा अन्तशुल्क लगाउने गरिएको थियो’ उनले भने ‘विद्युतीय सवारीले ले कहाँ धुवा फाल्छ ।’
सरकारले आगामी आवको बजेटमा विद्युतीय सवारी साधनमा मात्रै नभएर खाध्य वस्तुमा अन्तशुल्क लगाएको र आयात बढाउने नियत राखेको बताए । ‘बिस्कुट, कुकीजमा पनि अन्तशुल्क लगाउने भनेको छ’ उनले भने, यी खाध्यवस्तु नेपालमा नै उत्पादन हुने गरेका छन् । सरकारले आन्तरिक उद्योगलाई विस्थापन गर्न खोजेको हो ।’

सरकारले आगामी आवको बजेटमा नेपालमा नै स्यानिटरी प्याडमा समेत कर लगाउने नीति लिएको भन्दै त्यसको पनि विरोध गरेका छन् । नेपालमा करोडौ लगानी गरेर उद्योग खुलेको र केहीले निर्यात समेत सुरु गरेको स्मरण गराए । सरकारको निर्णयले आन्तरिक कम्पनीलाई रोक्न खोजेको उनको तर्क छ ।

सरकारले ल्याएको बजेटको हरेक विषयमा हेर्दा चुनावमा पैसा उठाउन खोजेको जस्तो देखिएको उनको छर्क छ । ‘युवा मन्त्री हुनुहन्छ दाग लागेर जानु राम्रो होइन’ उनले भने ‘हरेक विषयमा निर्णय गर्दा ध्यान दिनुहोला ।’

अहिले संकट एकातिर छ, बजेट एकातिर आएको पाण्डेको बुझाइ छ । बजेटले चुनाव मात्रै देखेको उनको दाबी छ । विगत ६ महिना यता अर्थतन्त्र धेरै नै संकटग्रस्त रहेको भन्दै बजेटले त्यो संकट समाधान गर्न नसक्ने उनको दाबी छ । सरकारको नीतिका कारण अर्को वर्ष मूल्यवृद्धि २ डिजिटमा भन्दै ९ प्रतिशतमा जान नदिए त्यो उपलब्धी मुलक मानिने पाण्डको तर्क छ ।

सरकारले बजेटमा १२ खर्ब ४० अर्ब राजस्व उठाउने भनेपनि त्यसको आधार नभेनिएको उनको बुझाइ छ । बजेटमा कतै पनि लक्ष्य भेटन नसकिने भन्दै उनले यस्तै शैली हो भने देश श्रलंका हुने दाबी गरे । सरकारले आगामी आवको लागि बजेट ललिपप जस्तै बजेट ल्याएको पनि दाबी गरे ।

बजेटमा चितवन २ घन्टामा पुग्छ भनेर सुन्दा फिलिलि पुगिन्छ जस्तो लागेको उल्लेख गरे । तर त्यसको लागि स्रोत नै नभएको भन्दै त्यो केवल ललिपप मात्रै भएको दाबी गरे । सरकारले बजेटमा कल्पना बाँडेर चुनावमा भोट माग्ने काम मात्रै गरेको दाबी गरे ।

बजेटमा हरेक पालिकामा ३ सयका दरले सबै पालिकामा २ लाख २५ हजार स्वयमसेवक राख्ने भनेको भन्दै त्यसको स्रोत के हो भन्दै प्रश्न गरेका छन् । ‘यो खर्च कसले गर्छ, पालिकाले खर्च गर्ने हो भने संघले भारि थोपर्न पाइन्छ’ उनले भने ‘की ३ सय जना चुनाव प्रचारक बनाउन खोजेको हो ।’

सरकारले बजेटमा इन्डक्सन चुलोको सपना देखाएको दाबी गरे । त्यो कहाँबाट ल्याएर दिने भन्दै प्रश्न गरेका छन् । पुर्वाधार बनाउन ५ अर्ब चाहिने भन्दै यो सरकारको धनी पोस्ने नीति मात्रै भएको दाबी गरे ।

त्यसको लागि अहिलेको विद्युतीय उपकरणले नधान्ने दाबी गरे । ‘बजेटमा ६० लाख परिवारलाई दिने भनेको छ’ उनले भने ‘एउटाको मूल्य ४५ सय देखि १२ हजार पर्छ । ५ हजार औसत मान्दा ३० अर्ब चाहिन्छ । त्यसको स्रोत के हो ? कतै चुनावी खर्च उठाउने रणनीति होइन ।’

सरकारले आगामी आवको बजेटमा मलमान जाने रकम घटाएको र त्यसले उत्पादनमा असर पर्ने बताए । अहिले नै २७ अर्ब मलमा गएको भएपनि मल नभएको भन्दै आगामी आवको बजेटमा पैसा कटौती गरेकाले मल कसरी ल्याउने र कृषि उत्पादन कसरी बढ्छ भन्दै प्रश्न गरेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार ००:००  १२ : ४० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping