अब साढे दुई घण्टामा काठमाडौ-बुटवल यात्राः अर्थमन्त्री शर्मा « Eglish Khabarhub

अब साढे दुई घण्टामा काठमाडौ-बुटवल यात्राः अर्थमन्त्री शर्मा


१८ जेष्ठ २०७९, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अब साढे दुई घण्टामा काठमाडौं-बुटवलको यात्रा गर्न सकिने बताएका छन् ।

मन्त्री शर्माले राष्ट्रिय सभामा बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री शर्माले यस्तो बताएका हुन् । मन्त्री शर्माले सरकारले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा चतरा–सगरमाथा, चीतवन–रामपुर र रामपुरलाई केन्द्र बनाएर पोखरा र बुटवल पनि फास्टट्रयाक बनाउने बताए । मन्त्री शर्माले बैठकमा बुटवलबाट साढे २ घन्टामा काठमाडौं आउन सक्ने द्रुतमार्ग बनाउने पनि जानकारी गराए ।

यसको विषयमा प्रारम्भिक अध्ययन गरेको र सोही अनुसार बजेटमा प्रस्तुत गरेको बताए । मन्त्री शर्माले चतराबाट सगरमाथामा फास्टट्रयाक बनाउन लगानी आवश्यक रहेको र लगानी जुटाउन सकिने बताए ।

बैठकमा मन्त्री शर्माले लघुवित्त कोषमा सरकारले ५ खर्ब रुपैयाँ आफ्नो कोषबाट हाल्न सक्ने अवस्था नरहेको र नहाल्ने बताए । केही पैसा मात्रै सरकारले हाल्ने ग्रामिण लघुवित्त वित्तीय संस्था रहेको पैसा कोषमा राख्ने पनि बताए । कोषमा सरकारको ४० प्रतिशत सेयर रहेको र उक्त रकम कोषबाट परिचालन गर्ने उल्लेख गरे । त्यसमा प्रदेशले पनि १ करोडसम्म हाल्न सक्ने व्यवस्था गर्ने उनको भनाइ छ ।

मन्त्री शर्माले बैंकहरुले पछिपरेका समुदायमा गर्ने लगानीलाई उक्त कोषमा राख्ने त्यो पैसा लघुवित्तलाई पैसा दिने बताए । ‘उक्त पैसा आधारदरमा १ प्रतिशत थपेर बैंकले पाउनेछन्’ उनले भने ‘बेसरेटमा बढिमा २ प्रतिशत लघुवित्तले पाउने छन् । सरकाले दिने भनेको १५ अर्ब सहुलियतपूर्ण कर्जालाई पनि यसैमा राखिने छ ।’

कोषमा बैंक तथा वित्तीय संस्थाका साथै नागरिक लगानी कोष लगायतका संस्थाले पनि पैसा राख्ने बताए । यो योजना हचुवाको भरमा नआएको उनको तर्क छ । मन्त्री शर्माले इन्डक्सन चुलो वितरण गर्ने कार्यक्रम निर्वाचनसँग सम्बन्धित नभएको बताए ।

चुलो बाँड्ने बेला प्रतिपक्षी दललाई पनि सँगै लैजाने उनको उदघोष छ । यो देशको आवश्यक भए पनि एकै पटक पुरा नहुने बताए । ‘यसका लागि प्राधिकरणका कार्यकारी निर्देशकलाई सोध्दा अहिले प्राधिरकणको संरचनाले २५ प्रतिशत मात्रै धान्न सक्ने बताउनु भयो’ उनले भने, ‘यो वर्ष सरकारको लक्ष्यको २५ प्रतिशत मात्रै दिने हो । त्यो भन्दा बढी प्राधिकरणको क्षमताले धान्दैन् ।’

चुलो प्रयोगमा ल्याउन निर्माण हुने संरचनाका लागि थप बजेट विनियोजन गर्ने बताए । ‘यो कार्यक्रम सुरुमा सिंहदरबारबाट सुरु हुनेछ’ उनले भने ‘विस्तारै जनतासम्म पुग्ने छ । यो सँग भोट साँटने सरकारको कुनै योजना छैन ।’ उनले सहरका ठूला ठूला अस्पताल विभिन्न जिल्लामा पुर्याउने दाबी गरे । उनले अब देशका विभिन्न स्थानबाट पाटन अस्पता, वीर अस्पताल आउने समस्या समाधान गर्ने बताए । ‘पाटन अस्पताल पश्चिम नेपालमा हुन नहुने, वीर अस्पताल पूर्वी नेपालमा हुन नहुने’ उनले भने ‘मधेशमा वीर अस्पतालको भव्य सेवा, टिचिङ अस्पतालको सेवा अर्को जिल्लामा पुग्नुपर्छ ।’

मन्त्री शर्माले नेपालमा स्वास्थ्य पर्यटक भित्र्याउने दाबी गरे । आँखा अस्पतालमा लाइन हुने गरेको भन्दै अन्य अस्पतालमा पनि यस्तै लाइन हुने बताए । त्यसका लागि तयारी पनि भएको बताए । प्राकृतिक चिकित्साको क्षेत्रमा पनि काम गरेको बताए ।
शर्माले सगरमाथा, चीतवन पुग्नका लागि पूर्वाधार धितो राखेर ऋण लिने र जनतामा ऋणको भारी नबोकाउने दाबी गरे ।

सरकारले राष्ट्रिय गौरवका आयोजनामा खर्च गर्न सक्नेगरी बजेट विनियोजन गरेको पनि जानकारी गराए । गएको बजेट कार्यान्वयनमा सरकार गम्भिर भएर लाग्ने बताए । सरकारले साना आयोजनाका लागि बाँडेको २२ अर्ब बजेट स्थानीय र प्रदेशमा जाने जानकारी गराए । उनले बजेटमा अनुदान भनेर कतै पनि नराखेको बताए । किसानले जेजे उत्पादन गर्छ त्यसमा प्रोत्साह दिने तर अनुदान नदिने बताए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार ००:००  ६ : २६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping