महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि आईसीएफसी फाइनान्सलाई « Eglish Khabarhub

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि आईसीएफसी फाइनान्सलाई



काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’को विजेती आईसीएफसी फाइनान्स बन्न सफल भएको छ ।

बैंकको २८औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको उक्त प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरेको छ ।

प्रतियोगिता जेठ १३ देखि १५ गतेसम्म इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा सञ्चालन भएको थियो ।

प्रतियोगितामा प्राइम बैंक द्वितीय र कामना सेवा विकास बैंक तृतीय भएका छन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र, महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले संयुक्त रुपमा ट्रफी, मेडल तथा प्रमाणपत्रहरु प्रदान गरेका थिए ।

उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलिले सहभागिता जनाएका थिए ।

प्रतियोगिताका उत्कृष्ट फिल्डर आईसीएफसी फाइनान्सका सुरज तिमिल्सिना, उत्कृष्ट विकेटकिपर मुक्तिनाथ विकास बैंकका मनिष सिंह, उत्कृष्ट बलर महालक्ष्मी विकास बैंकका सागर गुप्ता, उत्कृष्ट ब्याट्सम्यान कामना सेवा विकास बैंकका हेमन्त कुमार श्रीवास्ताव, उत्कृष्ट खेलाडी प्राइम बैंकका क्रितार्थ शाक्यलगायत ३२ खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई प्लेयर अफ दि म्याचको ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

Publish on: