
काठमाडौं । काठमाडौंस्थित किंग्स कलेजले विद्यार्थीहरुमार्फत् सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्यले शिल्पी थियटरमा त्रयम् शीर्षकको नाटक मञ्चन गरिरहेको छ ।
यसै महिनाको २० गतेदेखि प्रदर्शनीमा रहेको उक्त नाटक विद्यार्थी, शिक्षक, अभिभावक तथा सामाजिक तथा लैंगिक विषयमा रुचि एवं चासो राख्ने सबैका लागि सान्दर्भिक रहेको कलेजले बताएको छ ।
कलेजका विद्यार्थीहरुद्वारा मञ्चित यस नाटकले आलंकारीकरुपमा भूत, वर्तमान र भविष्यका साथसाथै बिहानी, दिवा र साँझगरी तीन–तीनवटै चरणलाई प्रतिनीधित्व हुने गरी महिलाको आवाजलाई उजागर गरिएको छ ।
हाल नेपालमा महिलाको अवस्था र सोमा परिबर्तन ल्याउन उनीहरुको अपेक्षित प्रतिनीधित्वलाई नाटकले खास जोड दिएको छ ।
व्यवसायिक नाट्य कलाकार एवं निर्देशक दिलिप रानाभाटले निर्देशन गरेको यस नाटकमार्फत ब्यापार एवं उद्यमशिलताको शिक्षामा श्रृजनशितला, साहित्य तथा नविनताका अवयवहरुलाई कसरी मिश्रण गर्न सकिन्छ भनेर प्रयोगात्मक ढंगबाट परिक्षणका लागि यस अवधारणालाई अगाडि सारिएको नाटक संयोजक दिक्षित भट्टले बताए ।
त्यसो त कलेजले यसै वर्षदेखि संचालनमा ल्याएको बिबिए इन अप्लाइड आटस् एण्ड डिजाइन कार्यक्रमको प्रयोगात्मक हिस्साको रुपमा समेत यस नाटक प्रदर्शनीलाई लिन सकिने जनाइएको छ ।
कलेजका प्राद्यानाध्यापक नरोत्तम अर्यालले हालसम्म ब्यापार शिक्षाको क्षेत्रमा मानवीय–मूल्य मान्यतालाई नकार्ने परिप्रेक्षमा विद्यार्थीहरुलाई ब्यापारब्यवसायमा कला, साहित्य, श्रृजनशिलता तथा नविनताकाका साथसाथै मानविय भावनालाई संलग्न गराइ व्यवसायिक जिवन सफल बनाउन सिकाउने उद्देश्य राखी बीबीए इन अप्लाइड आर्ट एण्ड डिजाइन कार्यक्रम संचालनमा ल्याइएको बताए ।
‘हामीले शुरुमा यसै नाटकलाई मोड्युलको रुपमा बिबिए इन अप्लाईड आर्ट एण्ड डिजाइनका विद्यार्थीहरुलाई अध्ययन गरायौं र सोपश्चात सोही नाटकको मञ्चन गराइ विद्यार्थीहरुमा कलाप्रति अभिरुचि जगाउने प्रयास गरेका छौं,’ प्राद्यानाध्यापक अर्यालले भने ।
जेठ २६ गतेसम्म प्रदर्शन हुने नाटकलाई हालसम्म करिब ५०० जनाभन्दा बढी दर्शकहरुले हेरिसकेका छन् ।
SHARE YOUR THOUGHTS