बजेटले कोरोना बीमाको भुक्तानी नपाएका बीमितलाई निराश बनायोः पुष्पा भुसाल « Eglish Khabarhub

बजेटले कोरोना बीमाको भुक्तानी नपाएका बीमितलाई निराश बनायोः पुष्पा भुसाल



काठमाडौं । नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले कोरोना बीमाको दाबी भुक्तानी छिटोभन्दा छिटो गर्नुपर्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेकी छिन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भुषालले करिब १८ अर्ब रूपैयाँको बजेट ल्याएको सरकारले कोरोना बीमा दाबी भुक्तानीको विषय नसमेटी बीमितहरूलाई निराश बनाएको बताइन ।

बीमा गरेका बीमितलाई विभेद गर्न नहुने उनको भनाइ छ ।

‘कसैले भुक्तानी पाउने कसैले नपाउने यो विभेद किन ?,’ भुषालले भनिन्, ‘१८ अर्बको बजेट ल्याउने सरकारले कोरोना बीमितलाई निराश बनायो ।’

उनले आफ्नो प्रतिवद्धता अनुसार सरकारले रकम भुक्तानी गर्नमा ढिलाइ गरेको बताइन् ।

बीमा गरेका बीमितलाई भुक्तानी दिन्छु भनेर पटक–पटक अर्थमन्त्रीले आश्वासन दिएको तर भुक्तानी गर्नमा चासो नदेखाएको उनको आरोप छ ।

‘अर्थमन्त्रीले कोरोना बीमा भुक्तानीको रकम दिन्छौं भनेर पटक–पटक भुक्तानीको आश्वासन दिनु भयो । अदालतले पनि बीमाको रकम पाउनु अधिकारको कुरा हो भन्दै भुक्तानी गर्नका लागि बीमा कम्पनीलाई आदेश दियो,’ भुषालले भनिन् ।

Publish on: