काठमाडौं महानगरपालिकाको फोहर आजदेखि उठ्ने भएको छ ।
शुक्रबार मध्यरातमा सिसडोल बच्चरे डाडाँका स्थानीय र महानगरबीच सहमति भएको हो । केही दिन अगाडि सहरी विकास मन्त्रालयमा काठमाडौं महागनर तथा फोहर फाल्ने ठाउँका स्थानीय तहबीच सहमति भएपनि त्यसलाई स्थानीयले मानेका थिएनन् ।
सहमति अनुसार स्थानीयले फोहर व्यवस्थापन गर्न दिने तथा महानगरले पूर्वाधार बनाउने र सिसडोल र बञ्चरे डाडामा फोहरको दुर्गन्ध नआउने गरेर व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।
SHARE YOUR THOUGHTS