![](https://internal.appharu.com/wp-content/uploads/2017/03/century-commercial-bank-limited.jpg)
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले काठमाडौं ठमेलस्थित अलफ्ट होटलमा छुट पाउने भएका छन् ।
यसका लागि बैंक र होटलबीच सम्झौता भएको छ । जसअनुसार बैंकका ग्राहकले विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट पाउनेछन् ।
बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाइल बैंकिङ प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई अलफ्ट होटल तथा रेष्टुराँ उक्त छुट पाउनेछन् ।
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र होटेल काठमाण्डौंका तर्फबाट बजार प्रमूख पवन राजभण्डारीले हस्ताक्षर गरे ।
SHARE YOUR THOUGHTS