![](https://internal.appharu.com/wp-content/uploads/2022/06/Nepal-Telecom-Photo-768x379.jpg)
काठमाडौं । नेपाल बैंकले आफ्ना ग्राहकहरुलाई बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
नेपाल बैंकमा खाता भएका र नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने ग्राहकहरुलाई उक्त विशेष सुविधा दिन बैंक र टेलिकमबीच सम्झौता भएको हो ।
सम्झौतामा नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर संगीता पहाडी र बैंकका चिफ फाईनान्स अफिसर होम बहादुर खड्काले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार टेलिकमको मोवाइल नम्बर प्रयोग प्रयोग गरी नेपाल बैंकको मोवाइल बैंकिङ्ग रजिष्टर गर्ने सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकको मोवाइल बैंकिङ्ग एप प्रयोग गर्न इन्टरनेट अथवा डाटाको आवश्यकता पर्ने छैन । यो सुबिधा सिमित समयको लागि प्रदान गरिने बैंकले जनाएको छ ।
नेपालभर २१३ शाखाहरु, १७९ एटिएम मेसिन साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।
SHARE YOUR THOUGHTS