सभापतिले चासो नदेखाउँदा बाफिया विद्येयकमा बर्षौसम्म छलफल गरिएनः सांसद राजभण्डारी « Eglish Khabarhub

सभापतिले चासो नदेखाउँदा बाफिया विद्येयकमा बर्षौसम्म छलफल गरिएनः सांसद राजभण्डारी



काठमाडौं । सांसद दिव्यमणी राजभण्डारीले अर्थ समितिमा रहेका बाफिया विद्येयकमा नै नगरी बर्षौसम्म यसै राखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा उलने यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनले अर्थ समितिका सभापतिले चासो नदेखाउँदा बाफिया विद्येयकमा बर्षौसम्म छलफल नभएको उल्लेख गरे । सांसद राजभण्डारीले अर्थ समितिमा पठाएका विद्येयकहरुमा पनि छलफल हुन नसकेको तर्क गरे ।

‘अर्थ समितिमा बाफिया छलफल नै नगरी बर्षौसम्म यसै राखिएको छ’ उनले भने, ‘एकातिर सरकारले केही गरेन भनेर भनिएको छ, अर्कातिर समितिका सभापतिहरुले कुनै चासो पनि देखाएका छैनन् ।’

यस्ता विद्येयकमा सभापतिहरुले चासो नदेखाएर निस्कृत बनाउन खोजेको भन्दै त्यस्ता विद्येयकका विषयमा यो संसदमा के हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।

अहिले ४५ वटा विद्येयक र ७ वटा सन्धी सम्झौताका विषयमा पनि छलफल नभएको भन्दै यसको छलफल छिटो गर्न आग्रह गरे ।

Publish on: