निफ्रा र एचआईडिसीएललाई मर्जरमा जान राष्ट्र बैंकको प्रोत्साहन « Eglish Khabarhub

निफ्रा र एचआईडिसीएललाई मर्जरमा जान राष्ट्र बैंकको प्रोत्साहन



काठमाडौं । नेपाल राष्ट्र बैंंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल पूर्वाधार विकास बैक (निफ्रा) र जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडिसीएल) लाई मर्जरका लागि प्रोत्साहन गरेको छ ।

मौद्रिक नीतिले पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी स्थापित नेपाल पूर्वाधार विकास बैकको लगानी क्षमता अभिवृद्धिका लागि पूर्वाधार क्षेत्रमा नै लगानी गर्ने गरी स्थापना भई संचालनमा रहेका अन्य वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमार्फत चुक्ता पुँजी वृद्धि गर्न प्रोत्साहित गरिने नीति लिएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले निफ्रा र एचआईडिसीएल मर्जमा जान सक्ने बताए ।

Publish on: