![](https://internal.appharu.com/wp-content/uploads/2022/02/microfinance-768x441.jpg)
काठमाडौं । मर्जरको प्रक्रियामा गइ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्ने लघुवित्त वित्तीय संस्थाले थप सहुलियत पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन, २०७८ लाई संशोधन तथा परिमार्जन गर्दै एक आपसमा गाभ्ने, गाभिने वा प्राप्ति गर्ने प्रक्रियमा संलग्न लघुवित्तलाई थप सहुलियतको व्यवस्था थप गरेको हो ।
एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म सञ्चालन जोखिमवापत कुल सम्पत्तिको १ प्रतिशत रकम मात्र जोखिम भारित सम्पत्ति थप गरे पुग्ने व्यवस्था गरेको छ ।
यस अघि २०७९ असार मसान्तसम्म सञ्चालन जोखिमवापत कुल सम्पत्तिको १ प्रतिशत रकम मात्र जोखिम भारित सम्पत्ति थप गरे पुग्ने व्यवस्था थियो ।
राष्ट्र बैंकले वार्षिक २० प्रतिशत भन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशत माथिको प्रस्तावित लाभांशको २५ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्थामा २०८० असार मसान्तसम्मको लागि छुट प्रदान गरेको छ ।
SHARE YOUR THOUGHTS