![](https://internal.appharu.com/wp-content/uploads/2022/08/adhikhola-laghubitta-aadhikhola-aandhikhola2022-05-03-12-29-40-768x338.png)
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड १० लाख ५७ हजार रूपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ०.८५ प्रतिशत बढेर ८ करोड ७८ लाख १७ हजार रूपैयाँ पुगेको छ । अघिल्लो आवको यसै अवधिमा संस्थाको खुद ब्याज आम्दानी ८ करोड ७० लाख ७६ हजार रूपैयाँ थियो ।
लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ३.७६ प्रतिशत बढेको छ ।
समीक्षा अवधिमा लघुवित्तको सापटी ३५.७३ प्रतिशत घटेको छ । निक्षेप २७.२४ प्रतिशतले बढेको छ ।
लघुवित्तको प्रतिसेयर आम्दानी ४५.५८ रूपैयाँ छ । १० करोड रूपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १० करोड ८२ लाख रूपैयाँ सञ्चित छ ।
SHARE YOUR THOUGHTS