![](https://internal.appharu.com/wp-content/uploads/2020/08/bank_staff_bonus-.jpg)
काठमाडौं । प्राइम बैंकमा काम गर्ने कर्मचारीहरु बोनस पाउने मामिलामा अन्य वाणिज्य बैंकका कर्मचारीको तुलनामा सबैभन्दा भाग्यमानी देखिएका छन् ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट कर्मचारीहरुलाई ५८ करोड १८ लाख रुपैयाँ बोनसका लागि छुट्याएको छ । जुन कुल कर्मचारी खर्चको ५१.८ प्रतिशत हो । यसको अर्थ के हो भने, बैंकले तपाईंका लागि मासिक एक लाख रुपैयाँ खर्च गर्दै आएको छ भने तपाईंले मासिक ५१ हजार ८ सय रुपैयाँ बोनस पाउनु हुनेछ ।
गत आवको वित्तीय विवरण अनुसार बैंकले कर्मचारीहरुका लागि १ अर्ब १२ करोड ३० लाख ७१ हजार रुपैयाँ खर्च गरेको छ । जसको ५१ प्रतिशत अर्थात् ५८ करोड १८ लाख ८४ हजार रुपैयाँ बोनसका लागि छुट्याएकाे छ ।
त्यो त अघिल्लो आवहरुमा पनि प्राइम बैंक कर्मचारीहरुलाई सबैभन्दा धेरै बोनस दिने बैंकमा पर्दै आएको छ ।
दोस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले कर्मचारीहरुका लागि ५०.३ प्रतिशत रकम बोनसका लागि छु्ट्याएको छ । गत आवको वित्तीय विवरण अनुसार इन्भेष्टमेन्ट बैंकले कर्मचारीहरुका लागि १ अर्ब २८ करोड ७० लाख ४१ हजार रुपैयाँ खर्च गरेकोमा बोनसका लागि मात्रै ६४ करोड ७३ लाख ७७ हजार रुपैयाँ छ्ट्याएको छ ।
समग्रमा २६ वटा वाणिज्य बैंकहरुले कर्मचारीका लागि ४५ अर्ब ९१ करोड ४० लाख रुपैयाँ खर्च गरेका थिए भने गत आवको नाफाबाट कर्मचारीको बोनसका लागि ११ अर्ब ८० करोड ८४ लाख ५३ हजार रुपैयाँ छुट्याएका छन् । जुन औसतमा २५.७ प्रतिशत हो ।
औसतभन्दा कम बोनस दिने १५ बैंक
वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुले औसतमा २५.७ प्रतिशत रकम बोनसका लागि छुट्याएका छन् । जसमा ११ बैंकको बोनस रकम औसतभन्दा बढी छ भने बाँकी १५ वटा बैंकले बोनसका लागि छुट्याएको रकम औसतभन्दा कम छ ।
वित्तीय विवरण अनुसार प्राइम बैंकले ५१.८ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले ५०.३ प्रतिशत, नबिल बैंकले ४०.८ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३९.८ प्रतिशत रकम बोनसका लागि छ्टयाएका छन् ।
त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकले ३२.७ प्रतिशत, ग्लोबल आईएमई बैंकले ३१.८ प्रतिशत, हिमालयन बैंकले ३१.७ प्रतिशत र एनएमबि बैंकले कर्मचारीहरुको बोनसका लागि २८.३ प्रतिशत रकम बोनसका लागि छ्टयाएका छन् । त्यसैगरी सानिमा बैंकले २७.९ प्रतिशत, बैंक अफ काठमाडूले २७.३ प्रतिशत, मेगा बैंकले २५.९ प्रतिशत रकम बोनसका लागि छुट्याएका छन् ।
तर औसतभन्दा कम रकम बोनसका लागि छुट्याउनेमा १५ वटा बैंक छन् । जसमध्ये सबैभन्दा कम कृषि विकास बैंकले १६.१ प्रतिशत, लक्ष्मी बैंकले १६.२ प्रतिशत, प्रभु बैंकले १६.७ प्रतिशत, नेपाल एसबीआई बैंकले १२६.९ प्रतिशत रकम बोनसका लागि छुट्याएका छन् ।
साथै, एनआईसी एशिया र सिभिल बैंकले १८.७ प्रतिशत, सनराइज बैंकले १९.६ प्रतिशत, सेञ्चुरी बैंकले २०.७ प्रतिशत, माछापुछ्रे बैंकले २१ प्रतिशत र कुमारी र नेपाल बैंकले २३.५ प्रतिशत रकम बोनस रकमका लागि छ्ट्याएका छन् ।
वित्तीय विवरण अनुसार सिद्धार्थ बैंकले २३.८ प्रतिशत, नेपाल क्रेडिट एण्ड कमर्श बैंकले २३.९ प्रतिशत, सिटिजन्स २४.५ प्रतिशत, एभरेष्ट बैंकले २५.६ प्रतिशत रकम बोनसका लागि छुट्याएका छन् ।
कुन बैंककाे कति ?
SHARE YOUR THOUGHTS