![](https://internal.appharu.com/wp-content/uploads/2019/03/honey-nepal.jpg)
काठमाडौं । मुलुकमा विदेशी मुद्राको सञ्चिति कम भइरहेको बेलामा ससाना वस्तु निर्यातले पनि ठूलो अर्थ राख्छ ।
नेपालमा स्थानीयस्तरमा उत्पादन हुने वस्तुको निर्यात हुँदा एकातिर विदेशी मुद्रा सञ्चिति बढ्न सक्छ भने स्थानीय बजार पनि चलायमान हुनसक्छ ।
सानो परीणाममा भएर पनि स्थानीय व्यवसायीलाई उत्साहन बनाउने गरी नेपालको मह विश्वका विभिन्न मुलुकमा निर्यात भइरहेको छ ।
भन्सार विभागको गत आर्थिक वर्षको तथ्यांकअनुसार गत वर्ष नेपालबाट विश्वका दश देशमा मह निर्यात भइरहेको छ । यी मुलुकमा उक्त वर्ष २ करोड ९५ लाख ३९ हजार रुपैयाँ बराबरको १४ हजार ८९२ केजी मह निर्यात भएको छ ।
नेपालको मह निर्यात हुने देशमा भारत, अष्ट्रेलिया, क्यानडा, फिनल्याण्ड, जापान, कतार, दुवइ, अमेरिका, जापान र अमेरिका छन् ।
नेपालबाट सबैभन्दा धेरै मह भारत निर्यात हुन्छ । तथ्यांकअनुसार भारतमा गत वर्ष ६९ लाख ३६ हजार रुपैयाँ बराबरको ११ हजार १ सय १५ केजी मह निर्यात भएको छ ।
त्यसपछि जापानमा १ हजार २८२ केजी मह २३ लाख २२ हजार रुपैयाँ बराबरको मह निर्यात भएको छ ।
SHARE YOUR THOUGHTS