काठमाडौं । त्रिभुवन विश्वविद्यालयको गणित विज्ञान स्कुलमा अध्ययनरत विद्यार्थीले ग्लोबल रिस्क कन्सल्टेन्सीमा रोजगारी पाएका छन् ।
एक्चुअरी विषयमा स्नातक तह उत्तीर्ण गरी ४ वटा प्रोफेशनल पेपर उत्तीर्ण गरेका ३ जना विद्यार्थीले भारतस्थित ग्लोबल रिस्क कन्सल्टेन्सीमा काम पाएका हुन् ।
भारतको मुम्बईस्थित ग्लोबल रिस्क कन्सल्टेन्सीमा अनलाइनमार्फत् ७ जनाले अन्तर्वार्ता दिएका थिए । तीमध्ये ३ जना छानिएका हुन् ।
स्कुलकाअनुसार ऋचा ढकाल, सन्तोष लामिछाने र रूषतम लवाजु छनोट भएका छन् ।
ढकाल र लवाजु बीमा समितिमा ट्रेनी एक्चुअरीका रूपमा कार्यरत थिए । त्यस्तै, लामिछाने प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा रिसर्च एण्ड प्रोडक्ट डेभलपमेन्ट हेडको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
२०७३ साल मंसिरबाट नेपालमा पहिलो पटक औपचारिक रूपमा एक्चुअरीयल साइन्स विषयको पठन पाठन शुरू भएको थियो ।
जुनसुकै संकायबाट कक्षा १२ वा सो सरहको परीक्षामा कम्तिमा एक पेपर गणित वा वाणिज्य गणित विषय लिइ स्कुलले लिएको प्रवेश परीक्षाको माकर्सिट लिस्टको आधारमा जम्मा ३६ जना विद्यार्थीहरूलाई भर्ना लिने गरेको गाणित विज्ञान स्कुलका कार्यक्रम संयोजक केशवराज फुलाराले जानकारी दिए ।
फुलाराकाअनुसार हाल स्कुलबाट २ ब्याजका विद्यार्थीहरू पास आउट भएका छन् । ४ वटा ब्याजका विद्यार्थीहरू अध्ययनरत छन् ।
अहिले नेपालमा १४५ जनाले एक्चुअरीयल पढ्दै गरेको र ४२ जनाले विभिन्न व्यवसायिक संस्थाबाट १ देखि ७ पेपर पास गरेको उनले जानकारी दिए ।
SHARE YOUR THOUGHTS