
काठमाडौं । प्रभु क्यापिटलले चाडवाडको अवसर पारेर ग्राहकका लागि विशेष अफर ल्याएको छ ।
यसैक्रममा प्रभु क्यापिटल तथा टी थ्री थकाली ग्रुपका बीचमा समझौता भएको छ । यस अफरअन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले टी थ्री थकाली ग्रुपबाट सेवा लिँदा १२ प्रतिशत छुट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राहीले चेक आउट या बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ।
तीन महिनासम्म सञ्चालन हुने यो अफरको लाभ क्यापिटलको हितग्राही ग्राहकले टी थ्री थकाली ग्रुपको एयरपोर्ट, महाराजगंज तथा टोखाका शाखाहरुबाट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
नेपाली पुँजी बजारमा भिडियो केवाईसीमार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने जनाएको छ ।
SHARE YOUR THOUGHTS