किसानको माग पूरा नगरे आन्दोलन गर्ने गाउँसुधार तथा कृषकहित संरक्षण मञ्च नेपालको चेतावनी « Eglish Khabarhub

किसानको माग पूरा नगरे आन्दोलन गर्ने गाउँसुधार तथा कृषकहित संरक्षण मञ्च नेपालको चेतावनी


१६ भाद्र २०७९, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । गाउँसुधार तथा कृषकहित संरक्षण मञ्च नेपालले देशको अर्थतन्त्रको मेरुदण्ड कृषि भएपनि राज्य उक्त क्षेत्रबारे व्यवहारिक र जिम्मेवार हुन नसकेको आरोप लगाएको छ । अध्यक्ष दुर्गाप्रसाद खनालले कृषिले नै नेपाली जनताको उन्नती र प्रगतीको ढोका खुल्नेबारे राज्यले सैद्धान्तिक तरिकाले स्वीकारे पनि व्यवहारिक रुपमा अन्यन्तै ढिलासुस्ती गरेको आरोप लगाएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै खनालले नेपालका ६५.६ प्रतिशत जनसंख्या कृषिमा आधारित रहेको उल्लेख गरे । कृषिमा आधारित रहने ठुलो हिस्सा अन्यौल र अस्तव्यस्त परिस्थितिमा गुज्रिरहेको उनको भनाइ थियो ।

उनले भने,‘सरकारले किसानहरुलाई महंगी थुपारिदिएको छ, आज किसानहरुले मल किन्न पाएका छैनन्, सरकारले अनुदानको कुरा गर्छ, समयमै मल दिँदैन्, मल पाइहाले पनि पर्याप्त छैन् । डिएपी चाहिने बेला युरिया पाइँदैन ।’

उनले सरकारले अर्बौं रुपैयाँ बजेट कृषिमा छुट्टाए पनि समयमै मल नपाइने भन्दै किसानका समस्या जहाँको त्यहीँ रहेको गुनासो पोखे । उनले कृषिको लागि विनियोजन गरिएको बजेट सत्तामा बस्नेहरुको ठेक्कामा पुग्ने गरेको आरोप लगाए ।

किसानहरुले सरकारको बेवास्ताका कारण भारतबाट मल ल्याउन बाध्य भएको गुनासो पोख्दै उनले विदेशबाट ल्याएको मल नै नक्कली पर्ने गरेको सुनाए ।

किसानले खेती गर्ने औजार, मल, बिऊ महंगो भएको उल्लेख गर्दै उनले संस्था नै स्थापना गरेर राज्यलाई दबाब दिन खोजेको स्पष्ट पारे । उनले सरकारसँग कृषिसम्बन्धी सबै वस्तुको मूल्य निर्धारण गरिदिन आग्रह गरे ।

मलहरुको उद्योग नेपालमै खोल्नपर्नेमा उनले जोड दिए । सरकारले शेयर उठाएर भएपनि उद्योग देशभित्रै चलाउनुपर्ने उनको भनाइ थियो । विदेशी सामान आयात गर्दा किसानको अवस्था जस्ताको तस्तै रहने भन्दै उनले नेपालमा नै उद्योग खोल्नुपर्नेमा जोड दिए ।

उनले कृषिमा प्रयोग हुने साधन चलाउनेहरुलाई पनि इन्धनको रेट कायम गरिदिन र उत्पादनमा पनि दरभाउ कायम गरिदिन सम्बन्धित निकायसँग आग्रह गरे ।

किसानको समस्यामा लड्दै आएका खनालले मल तथा बिऊ सस्तोमा पाउने व्यवस्था तत्काल लागु गर्नुपर्नेमा जोड दिए । उनले आफ्नो संस्थाले देशभरका किसानहरुको अवस्था बुझेर राज्यलाई झकझक्याउने गरेको समेत सुनाए ।

उनले किसानलाई यसैगरि दुःख दिइरहने हो भने देशभरका किसानहरु आएर आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए । अब किसानहरु एकजुट हुनुपर्ने भन्दै आफ्नो समस्या उजागर गर्न आफुहरुसँग जोडिन उनले सम्पुर्ण किसानहरुलाई आग्रह गरे ।

किसानहरुलाई विभिन्न दलका नेताहरुले ठगिरहेको उल्लेख गर्दै आगामी चुनावमा उनीहरुलाइै नै जिताउने हो भने किसानहरु अझै झन् जर्जर अवस्थामा पुग्ने र किसानका समस्या कहिल्यैपनि समाधान नहुनेतर्फ सचेत गराए ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार ००:००  ४ : ३६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping