रुसी तेल कम्पनीका प्रमुखको अस्पतालको झ्यालबाट खसेर मृत्यु ! « Eglish Khabarhub

रुसी तेल कम्पनीका प्रमुखको अस्पतालको झ्यालबाट खसेर मृत्यु !


१७ भाद्र २०७९, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

एजेन्सी । रुसको तेल कम्पनी लूकओइलका प्रमुख ६७ वर्षीय राभिल म्यागानोभको अस्पतालको झ्यालबाट खसर मृत्यु भएको छ ।

मस्कोस्थित एक अस्पतालको झ्यालबाट खसेर उनको मृत्यु भएको कम्पनीले पुष्टि गरेको बीबीसीले जनाएको छ । उनी गम्भीर बिमारीमा परेको जनाइएको छ ।

समाचारसंस्था तासका अनुसार बिहीबार बिहान अस्पतालको छैटौँ तल्लाको झ्यालबाट उनी खसेका थिए। तासले उनले आत्महत्या गरेको उल्लेख गरेको छ ।

रुसी सञ्चारमाध्यमहरूका अनुसार मस्कोस्थित सेन्ट्रल क्लिनिकल अस्पतालमा उनको उपचार भइरहेको थियो । रुसमा चर्चित व्यापारीहरूको रहस्यमयरुपमा मृत्यु भइरहँदा पछिल्लो घटना सार्वजनिक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रुसले युक्रेन अतिक्रमण गरेलगत्तै लूकओइलको सञ्चालक समितिले द्वन्द्व सकेसम्म चाँडो अन्त्य गर्न आह्वान गरेको थियो । उसले पीडितहरूप्रति सहानुभूति पनि प्रकट गरेको थियो।

कम्पनीका अर्बपति अध्यक्ष भ्यागिट आलेकपेरोभले अप्रिलमा बेलायलते उनीविरुद्ध आर्थिक प्रतिबन्ध लगाएपछि राजीनामा दिएका थिए।

लूकओइल रुसको सबभन्दा ठूलो निजी कम्पनी हो। म्यागानोभको क्षमताकै कारण कम्पनी विश्वकै ठूला ऊर्जा कम्पनीमध्ये एक बन्न पुगेको कम्पनीले जनाएको छ । उनले उक्त निजी तेल कम्पनीमा सन् १९९३ देखि काम गरेका हुन्।

दुई वर्षअघि उनी त्यसका अध्यक्ष नियुक्त भए । तीन वर्ष अघि उनलाई राष्ट्रपति भ्लादिमिर पुटिनले प्रतिष्ठित पुरस्कार दिएका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार ००:००  ११ : ०१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping