
काठमाडौं । एशियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष अशोक लभासाले नेपालको दुई तिहाईभन्दा बढी जनसंख्या जलवायु परिवर्तनको जोखिममा रहेको बताएका छन् ।
‘एशियाली विकासले जलवायु परिवर्तनको जोखिम कम गर्न निरन्तर सहयोग गरिरहेको छ,’ लाभासाले भने ‘अबका दिनमा जलवायु परिवर्तनलाई सम्बोधन हुने गरि हरित पुर्वाधार विकास गर्नु पर्छ।’
कोरोना महामारीपछि स्वास्थ्य सम्बन्धी कार्यक्रममा सरकारले बढी खर्च गर्नु परेकाले पुर्वाधारका क्षेत्रमा लगानी घटिरहेको लाभासाको भनाइ छ।
‘सरकारले मात्रै पुर्वाधार विकासमा लगानी बढाउन नसक्ने अवस्था छ,’ लाभांसाले भने ‘लगानी बोर्ड नेपालले पिपिपी मोडलमा पुर्वाधार विकास गर्न खोजेको छ। तर, पिपीपीमा लगानी ल्याउन सही आयोजना छनोट गर्नुको विकास साथैं व्यवस्थापन र बिडिङ प्रक्रिया पारदर्शी हुनु पर्छ।’
कोरोना महामारीपछि १.७ ट्रिलियनदेखि २.५ ट्रीलियन डलरले अर्थतन्त्र संकुचन हुनुको साथै १५८-२४२ मिलियन रोजगार घुम्ने सम्भावना देखिएकाले विभिन्न निकाय गम्भीर बन्न जरुरी भएको लाभासाको भनाइ छ ।
एसीयाली विकास बैंकले नेपालमा निजी क्षेत्रको लगानी बढोस् भनेर सहयोग गरिरहेको छ लाभासाले भने ।
प्रतिक्रिया दिनुहोस्