![](https://internal.appharu.com/wp-content/uploads/2019/07/blacklist.gif)
काठमाडौं । सरकारले १२ ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै १२ निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचनामा राखेको हो ।
अनुगमन कार्यालयका अनुसार देवेन्द्र तेल उद्योग, धर्यता निर्माण कम्पनी, प्यासेफिक कन्स्ट्रक्सन एण्ड कनसल्टेन्सी प्रालि, रोज कन्स्ट्रक्सनसहितका १२ निर्माण कम्पनी र आपूर्तिकर्तालाई १ वर्ष कालोसूचीमा राखिएको हो ।
उक्त निर्माण व्यवसायी र आपूर्तिकर्ताले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने सूचनामा जनाइएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/09/kalosuchi.png)
SHARE YOUR THOUGHTS