सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो « Eglish Khabarhub

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ कायम भएकोमा सोमबार ३ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम भएकोमा सोमबार ९३ हजार १ सय रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य ११ सय ५० रुपैयाँ कायम भएकोमा सोमबार पनि सोही मूल्य कायम भएको छ ।

Publish on: