![](https://internal.appharu.com/wp-content/uploads/2022/09/pakistan-flood-768x512.jpg)
काठमाडौं । नेपालद्वारा पाकिस्तानलाई दुई करोड रुपैयाँ मूल्य बराबरको राहत सामग्री सहयोगस्वरुप उपलब्ध गराउने भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले पाकिस्तानमा आएको बाढीबाट धनजनको क्षति भएको जनाउँदै राहतस्वरुप सहयोग उपलब्ध गराइने बताए ।
यही भदौ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार सहयोग गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
पाकिस्तानमा विपद्मा परी मृत्यु हुनेप्रति नेपाल सरकारले श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।
SHARE YOUR THOUGHTS