मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लगानी बोर्डले सुरु गर्‍यो वेबमा आधारित एकल बिन्दु सेवा


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लगानी बोर्ड नेपालको वेबमा आधारित एकल बिन्दु सेवाको शुभारम्भ गरेका छन् ।

लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरम कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालमा लगानी गर्न खोज्ने लगानीकर्तालाई अनलाइन माध्यमबाट सेवा प्रदान गर्न वेबमा आधारित एकल बिन्दु सेवाको सुभारम्भ गरेका हुन् ।

अब, लगानीकर्ताले भिषा सहजीकरण, श्रम स्वीकृती, परियोजनाको लगानी गर्न आशय पत्र पेश गर्ने, वातावरणिय प्रभाव मुल्यांकन प्रतिवेदन पारित, निजी जग्गा अधिकरणमा सहजीकरण, कम्पनी दर्ता, कर कार्यालय जस्ता सेवा अनलाइन माध्यमबाटै पाउने छन् ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले रासायनिक मल प्लान्ट सम्बन्धी तुलनात्मक अध्ययन प्रतिवेदनसमेत सार्वजनिक गरेका छन् ।