![](https://internal.appharu.com/wp-content/uploads/2022/09/balen-and-ktm-metro-768x432.png)
काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध साना र फुटपाथ व्यवसायीले आन्दोलन गर्ने भएका छन् ।
महानगरपालिकाले साना र फुटपाथ व्यवसायीलाई विकल्प नदिइ हटाएको भन्दै उनीहरुले महानगरविरुद्ध आन्दोलनको तयारी गरेका हन् ।
जिफन्ट निकटको नेपाल स्वरोजगार श्रमिक व्यापार संघले बिहीबार महानगरविरुद्ध काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । उनीहरुले महानगर कार्यालय पुगेर बिरोध प्रदर्शन गर्न लागेका हुन् ।
साना व्यवसायीहरु बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा भएर भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुग्ने कार्यक्र तय भएको संघले जनाएको छ ।
महानगरले साना र फुटपाथ व्यवसायीलाई बिनासूचना लखेट्न खोजेको भन्दै संघले आपत्ति जनाएको छ ।
जीवन यापनका लागि सानो लगानीमा व्यापार गरिरहेकाहरुको व्यवस्थापनमा भन्दा पनि महानगरले लखेट्न खोजेको उनीहरुको आरोप छ ।
SHARE YOUR THOUGHTS