काठमाडौं । दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘दशैं धमाका’ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ ।
योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गरी दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २ हजार रुपैयाँ सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २५ सय रुपैयाँ सम्मको छुट पाउनेछन् ।
योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता”को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ ।
यो योजना भदौ २९ देखि असोज ११ गतेसम्म १४ दिनका लागि लागू हुनेछ । साथै, सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई मासिक किस्ताबन्दी सुविधा लिंदा ५ सयको क्यासब्याक पनि प्रदान गर्नेछ । क्यासब्याक योजना असोज १ देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ ।
SHARE YOUR THOUGHTS