मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो


काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएकोमा बिहीबार ३ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार तेवाजी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएकोमा बिहीबार ९२ हजार रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ कायम भएकोमा बिहीबार ५ रुपैयाँले बढेर ११ सय ८० रुपैयाँ कायम भएको छ ।