![](https://internal.appharu.com/wp-content/uploads/2021/09/Interest-Rate-Matter-In-Forex-Trading-1200x675-1-768x432.jpg)
काठमाडौं । असोजमा बैंककको ब्याजदर बढ्ने भएको छ । बिहीबार बसेको बैंकर्स संघको पूर्ण बैठकले यसअघि ब्याजदरमा गर्दै आएको भद्र सहमतिलाई निरन्तरता नदिएको हो ।
बैंकर्स संघको यो निर्णयसँगै अब बैंकहरु ब्याजदर बढाउन स्वतन्त्र भएका छन् । तर, राष्ट्र बैंकको निर्देशनअनुसार अघिल्लो महिनाको भन्दा १० प्रतिशतसम्मले मात्रै ब्याजदर बढान सकिने छ ।
जसअनुसार अब व्यक्तिगत निक्षेपको ब्याजदर १२.१३ प्रतिशत पुगेको छ । त्यस्तै संस्थागत मुद्दति निक्षेपको ११.१३ र रेमिट्यान्स मुद्दति निक्षेपमा १३.१३ प्रतिशत ब्याजदर दिन पाउने छन् ।
ब्याजदर नबढाउन भद्र सहमति गर्दा पनि केही बैंकले सहमति तोडेपछि संघले असोज महिनाका लागि सहमति नगर्ने निर्णय गरेको एक बैंकरले बताए ।
SHARE YOUR THOUGHTS