![](https://internal.appharu.com/wp-content/uploads/2019/10/new-note-nepali-money-1-.jpg)
काठमाडौं । सर्वसाधारणले असोज २ गतेदेखि वडादशैंका लागि वाणिज्य बैंकको शाखाबाट नयाँ नोट साटन सक्ने भएका छन् ।
वडादशैंको अवसरमा सर्वसाधारणबाट साना दरका नयाँ नोटहरुको माग अत्याधिक हुने गरेको भन्दै सर्वसाधारणलाई नयाँ नोट सटही गर्न सहज होस् भनेर असोज २ गतेदेखि आफ्नो बैंकका काठमाडौं उपत्यकाभित्रका तोकिएका शाखा कार्यालयहरु नयाँ नोट दिन सबै बैंकलाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सुकिलो नोट सटहीका लागि काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला) भित्रका कम्तीमा ५ वटा शाखा कार्यालयहरु तोकी नयाँ नोट दिन भनेको छ ।
बैंकहरुले आफ्नो वेबसाइट मार्फत् सूचना दिन बैंकलाई निर्देशन दिएको छ । त्यस्तो सूचनामा नयाँ नोट÷सुकिलो नोट सटही गर्ने समयावधि र संख्या समेत उल्लेख गर्न भनेको छ ।
सर्वसाधारणलाई ५, १०, २०, ५० र १०० रुपैयाँका दरले प्रतिव्यक्ति बढीमा एक एक प्याकेटका दरले १८ हजार ५०० रुपैयाँसम्म सटही सुविधा उपलब्ध गराउन सकिने जनाएको छ ।
SHARE YOUR THOUGHTS