![](https://internal.appharu.com/wp-content/uploads/2022/09/Screen-Shot-2022-09-18-at-15.27.05-768x630.png)
काठमाडौं । मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्ने र नेपालमै पहिलो पटक सर्वाधिक १ करोड १ लाख रुपैयाँसम्मको बीमा सुविधा दिने मुक्तिनाथ आशिर्वाद बचत खाता योजना सञ्चालनमा ल्याएको छ ।
मुक्तिनाथ आशिर्वाद बचत खाता गोल्ड क्याटोगोरीमा न्यूनतम ५० हजार रुपैयाँ मौज्दात राखेर खाता खोल्ने ग्राहकले आफना लागि २१ लाख र परिवारको २ जना सदस्यहरुको लागि ३० लाख गरी कुल ५१ लाख रुपैयाँसम्मको बीमा सुविधा पाउनेछन् । र, विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्नेछन् ।
यसैगरी मुक्तिनाथ आशिर्वाद बचत खाता प्लाटिनियम क्याटोगोरीमा न्यूनतम १ लाख रुपैयाँ मौज्दात राखेर खाता खोल्ने ग्राहकले आफनो लागि २१ लाख र परिवारको ४ जना सदस्यहरुका लागि ८० लाख गरी कुल १ करोड १ लाख रुपैयाँसम्मको बीमा सुविधा पाउनेछन् । र, विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा छुट प्राप्त गर्न सक्नेछन् ।
बीमा सुविधा अन्तर्गत आवधिक बीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमा हुनेछ ।
थप जानकारीको लागि बैंकको १७६ वटै शाखा कार्यालयहरुमा सम्पर्क गर्न र मिस्डकल बैंकिङ्ग (मोबाईल नं. ९८०१११००२२) मार्फत् समेत जानकारी लिन सकिनेछ । साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
SHARE YOUR THOUGHTS