मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो


काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएकोमा बुधबार ५ सय रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएकोमा बुधबार ९० हजार ८ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय ८० रुपैयाँ कायम भएकोमा बुधबार १० रुपैयाँले घटेर ११ सय ७० रुपैयाँ कायम भएको छ ।