ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना « Eglish Khabarhub

ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना



काठमाडौं । ग्लोबल आइएमई बैंकले २ वर्षमै २ गुणा हुने मुद्दती योजना ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ सार्वजनिक गरेको छ ।

यस मुद्दती निक्षेप योजनाअन्तर्गत ग्राहकहरुले २ वर्षमै आफ्नो मुद्दती निक्षेप दोब्बर गर्न सक्नेछन् । यस योजनाअन्तर्गत मुद्दती निक्षेप खाता खोल्नका लागि निक्षेपकर्ताले कुनै निश्चित रकम छनोट गर्नुपर्नेछ । २ वर्षको समयावधिमा दोब्बर रकम प्राप्त गर्न निक्षेपकर्ताले हरेक त्रैमासमा छनोट गरेको रकमको १० प्रतिशत रकम जम्मा गर्दै जानुपर्नेछ ।

यस योजनामा सहभागिताको लागि न्यूनतम मौज्दात १० रुपैयाँ रहेको छ ।

मानौं तपाईंले आफ्नो निक्षेपलाई दोब्बर बनाउने हो भने शुरुमै कति बराबरको निक्षेप खाता खोल्ने भनेर कुनै अंक छान्नुपर्ने हुन्छ । उदाहारणका लागि तपाईंले १ लाख रुपैयाँ मुद्दति निक्षेप राख्नु भयो भने शुरुमै उक्त खातामा १ लाख रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ । र, प्रत्येक ३ महिनामा त्यसको १० प्रतिशत अर्थात् १० हजार रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ । र, तपाईं २ वर्षमा तपाईंले ७ त्रैमासिक भुक्तानी गर्नुपर्ने हुन्छ । यसो गर्दा २ वर्षमा तपाईंले बैंकमा १ लाख ७० हजार रुपैयाँ जम्मा गरिसक्नु भएको हुन्छ । २ वर्ष पुग्नासाथ बैंकले तपाईंलाई २ लाख रुपैयाँ फिर्ता गर्छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २९० शाखा, २७३ एटिएम, २७५ शाखारहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

Publish on: