![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nrb-768x285.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।
राष्ट्र बैंकले ९१ दिन अवधिका लागि ९ अर्ब १० करोड र १८२ दिन अवधिका लागि ३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
९१ दिन अवधिको ट्रेजरी पुस १२ गते परिपक्व हुनेछ भने १८२ दिन अवधिको ट्रेजरी बिल चैत १४ गते परिपक्व हुनेछ । आजै जारी हुने ट्रेजरी बिलको ३ बजे बोलकबोल हुनेछ ।
यो आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । यो २८ दिनदेखि १ वर्ष अवधिको हुने गर्दछ । यसमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण समेत सहभागी हुन सक्नेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/09/image-32-689x768.png)
SHARE YOUR THOUGHTS