डिपार्टमेन्ट स्टोरमा किनमेल गर्नेको घुँइचो, डिजिटल भुक्तानीमा एनआईसीको क्यासब्याक « Eglish Khabarhub

डिपार्टमेन्ट स्टोरमा किनमेल गर्नेको घुँइचो, डिजिटल भुक्तानीमा एनआईसीको क्यासब्याक


१३ आश्विन २०७९, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । मंगलबार भक्तपुर भाटभटेनी सुपरमार्केटमा किनमेल गर्नेहरुको ठूलो घुँइचो थियो । कोही लत्तकपडा छानिरहेका थिए भने कोही खाद्यान्न र इलेक्ट्रोनिक सामान हेर्दै थिए ।

काउन्टरमा सामानको रकम भुक्तानी गर्नेको लामो लाइन थियो । कोही क्यास बुझाइरहेका थिए भने अधिकांशले डिजिटल भुक्तानी गरिरहेका थिए ।

पछिल्लो समयमा उपभोक्ताहरु डिजिटल भुक्तानीमा अभ्यस्त हुन थालेका छन् । कति मोबाइल बैंकिङ्ग प्रयोग गरिरहेका थिए भने कति कार्ड, मोबाइल वालेट प्रयोग गरिरहेका थिए ।

बैंक तथा वित्तीय क्षेत्रले डिजिटल भुक्तानीका माध्यमहरुलाई प्राथमिकतामा राखेर प्रवर्धन गर्न थालेपछि उपभोक्ता पनि डिजिटल भुक्तानी गर्न सहज महशुस गरिरहेका छन् ।

बैंकले आफ्ना लाखौं ग्राहकलाई डिजिटल भुक्तानी सहज बनाउन र आफ्ना ग्राहकलाई विशेष छुट दिन एन आईसी एशिया बैंकले दशैं, तिहार तथा छठको अवसरमा ‘दशैं–तिहार महोत्सव’ योजना ल्याएको छ ।

एनआईसी एशिया बैंकले ल्याएको यस योजनाअनुसार भाटभटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखा)लगायत दर्जनौं मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट उपलब्ध गराएको छ ।

बैंकले यो योजना २०७९ असोज १ देखि २०७९ कात्तिक १५ सम्म लागू गरेको जनाएको छ ।

बैंकले ल्याएको यो सुविधाले दुई कुराबाट ग्राहकलाई फाइदा भएको भक्तपुर भाटभटेनीमा काउन्टरमा बसेकी एक कर्मचारीले बताइन् । उनकाअनुसार ग्राहकलाई यस अफरले केही क्यास छुट दिएको छ । उक्त क्यासब्याक र छुट उपभोग गर्न पनि ग्राहकले एनआईसी एशिया बैंकको डिजिटल भुक्तानी प्लेटफर्म प्रयोग गरिरहेका छन् ।

दोस्रो महत्वपूर्ण कुरा भनेको एनआईसी एशिया बैंकको यस योजनाले नयाँ ग्राहकलाई डिजिटल भुक्तानी गर्न प्रेरित गरिरहेको छ । धेरै नयाँ ग्राहकहरुले डिजिटल भुक्तानीका माध्यमहरु अझै पनि प्रयोग गरिरहेका छैनन् ।

एनआईसी एशिया बैंकले दिएको क्यासब्याक तथा छुट सुविधाले गर्दा त्यही अफर प्रयोग गर्नका लागि पनि ग्राहकले डिजिटल भुक्तानी गरिरहेका छन् । ‘नयाँ ग्राहकले बैंकको यो सुविधा प्रयोग गरिरहनु भएको छ,’ एक काउन्टर स्टाफले भनिन्, ‘कसरी प्रयोग गर्ने हो सिकाइदिनुस् भन्नेहरु पनि धेरै हुनुहुन्छ ।’

ग्राहकहरु पनि एनआईसी एशिया बैंकले भुक्तानीमा ल्याएको छुट र क्यासब्याकमा रमाइरहेका थिए । उनीहरुले सानोदेखि ठूलो सामान किन्दा एनआईसी एशिया बैंकको डेबिट कार्ड तथा मोबाइल बैंकिङमार्फत स्मार्ट क्युआर कोड प्रयोग गरिरहेका छन् ।

ठूला डिपार्टमेन्ट स्टोर तथा मार्टहरुमा बढ्दै गएको ग्राहकको आकर्षण र चापलाई मध्येनजर गर्दै डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने विभिन्न योजनाहरु सार्वजनिक गरेको एनआईसी एशिया बैंकले जनाएको छ ।

‘काठमाडौं जस्ता ठूला सहरमा ससाना बजारसँगै ठूला डिपार्टमेन्ट स्टोरको किनमेल कल्चर बढ्दै गएको छ । डिपार्टमेन्ट स्टोरमा पुगेका नयाँ र पुराना हाम्रा ग्राहकलाई हामीले डिजिटल भुक्तानीमा विशेष छुट र अफरहरु ल्याएका छौं,’ एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले भने, ‘यसले ग्राहकलाई डिजिटल भुक्तानी गर्ने बानी बसाल्न सहयोग हुनेछ ।’

एनआईसी एशिया बैंकले भाटभटेनीमा तयारी पोसाक तथा जुत्ताचप्पल खरिद गरी बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत पीएसओ भुक्तानी गर्दा बैंकको तर्फबाट १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट उपलब्ध गराएको छ ।

त्यसैगरी, सेल्सबेरी, बिगमार्ट काठमाडौंलगायतका मुख्य सहरमा चलेका सुपरमार्केटमा पनि यो सुविधा उपलब्ध गराएको छ ।

जस्तो कि मुलुकभर सञ्चालनमा रहेको यी सुपरमार्केटमा किनमेल गरी एन आई सी एशिया बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत पीएसओ तथा मोबाइल बैंकिङ एनआईसी एशिया बैंकमार्फत् क्युआर भुक्तानी गर्दा १० प्रतिशत वा ३०० रुपैयाँसम्म छुट तथा क्यासब्याक उपलब्ध गराएको छ ।

यस बैंकमा खाता नभएका महानुभावहरूले पनि नेपालभर रहेका भाटभटेनी सुपरमार्केटहरू, सेल्सबेरी, बिगमार्ट र साथीमार्टका केही स्टोरहरूमा रहेका छन् ।

यस बैंकको स्टलमार्फत् खाता खोली तत्काल यस बैंकको डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा सुचारु गरी छुट तथा क्यासब्याकको फाइदा उठाउन सक्नुहुनेछ ।

आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा लिएको छैन भने पनि तुरुन्तै यो सुविधा लिन सकिन्छ । यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको आईसर्भ एवं एपबाट सोझै सहज रुपमा आफ्नो कार्डमा ई–कमर्श सुचारु गर्न सक्ने छन् । आफ्नो सेवा सुचारु गरेर तुरुन्तै यी सुविधा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले भाट–भटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट तथा साथीमार्टमा आफ्नो स्टल पनि राखेको छ । उक्त स्टलबाट ग्राहकले नयाँ खाता खोल्न तथा डिजिटल भुक्तानी सम्बन्धी विषयमा थप जानकारी लिन सक्ने बैंकले जनाएको छ ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सेवा विस्तार गरेको बैंक हो । २५ वर्षदेखि सञ्चालनमा रहेको यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू सञ्चालन गरिरहेको छ । साथै, ग्राहकको सुविधाको लागि भनेर ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्ग सञ्चालन गरिरहेको छ ।

बैंकले काठमाडौंका डिपार्टमेन्ट स्टोरमामात्र होइन मुलुकको सबैभन्दा विकट क्षेत्रमा पनि आफ्नो सेवा सञ्चालन गरिरहेको छ ।

बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यूनरहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार ००:००  ५ : १२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping