कुमारी र एनसीसी बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले दियो सैद्दान्तिक स्वीकृति « Eglish Khabarhub

कुमारी र एनसीसी बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले दियो सैद्दान्तिक स्वीकृति



काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकलाई आपसमा मर्जरमा जान राष्ट्र बैंकले सैद्दान्तिक स्वीकृति दिएको छ।

पुस मसान्तभित्रमा मर्जर प्रक्रिया टुङ्याउने तरारीमा रहेका दुबै बैंकलाई राष्ट्र बैंकले शुक्रबार सैद्दान्तिक स्वीकृति दिएको हो । दुई बैंकबीच गत असोज १० गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

दुई बैंक गाभिएपछि चुक्ता पुँजी झन्डै २६ अर्ब रुपैयाँको हुनेछ। राष्ट्र बैंकको दबाबमा यी दुई बैंकको मर्ज भएको हो ।

Publish on: