![](https://internal.appharu.com/wp-content/uploads/2019/11/citizens-bank.jpg)
काठमाडौ । सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
बैंकले कात्तिक ४ गतेका लागि साधारणसभा बोलाएको छ । त्यसका लागि भोली (२८ गते) बु्क क्लोज गर्ने भएको छ । आजसम्म कायम रहेका लगानीकर्ताले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
कम्पनीले लगानीकर्तालाई ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । आजसम्म कायम रहेका लगानीकर्ताले बैंकले दिने ९ प्रतिशत नगद लाभांश पाउनेछन् ।
बैंकले सभामा आर्थिक वर्ष २०७८/७९ को संञ्चालक समितिको वार्षिक प्रतिवेदन, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव गरेको छ ।
यस्तै अन्य बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश गर्नेछ । बैंकको साधारणसभा अमृतभोग पार्टी प्यालेस कालिकास्थान डिल्लीबजारमा हुनेछ ।
SHARE YOUR THOUGHTS