![best fi](https://internal.appharu.com/wp-content/uploads/2021/11/KUMARI-BANK.jpg)
काठमाडौं । सेयर लगानीकर्तालाई लाभांश घोषणा गरेको कुमारी बैंकले बुक क्लोजको मिति तय गरेको छ ।
बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले कात्तिक १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
बैंकका अनुसार कात्तिक १३ गतेसम्म कायम रहेका लगानीकर्ताले ताकेको लाभांश पाउने छन् । यस्तै आगामी २२ औं बार्षिक साधारण सभामा भाग लिन सक्ने बैंकले जनाएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/10/image-24-679x768.png)
SHARE YOUR THOUGHTS