काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले कात्तिक २३ गतेदेखि नबिल म्युचुअल फण्ड अन्तर्गतको नबिल फ्लेक्सी क्याप फण्ड निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रति इकाई १० रुपैयाँका दरले ७ करोड ५० इकाई निष्कासन गर्न लागेको हो । जसमा १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक नबिल बैंकलाई र ७ लाख ५० हजार योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङलाई छुट्याइएको छ ।
६ करोड ३७ लाख ५० हजार इकाईमा पहिलो चरणमा सर्वसाधारणलाई ५ करोड इकाई निष्कासन गरिने छ । फण्डमा कात्तिक २७ गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिने छ । यसमा न्यूनतम १०० देखि अधिकतम ७५ लाख इकाईसम्म आवेदन दिन सकिने छ । आवेदन धितोपत्र बोर्डबाट सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ ।
SHARE YOUR THOUGHTS