![](https://internal.appharu.com/wp-content/uploads/2020/10/baideshik-rojgar-tahachal.jpg)
काठमाडौं । वैदशिक रोजगार कार्यालय ताहचलले सार्वजनिक बिदा रहेको ७ र ८ गते पनि सेवा प्रवाह गर्ने भएको छ ।
कार्यालयले आज सूचना जारी गर्दै सरकारले तिहारका लागि दिइएको बिदाको समयमा सोमबार र मंगलबारमा पनि कार्यालय सञ्चालन हुने जनाएको छ ।
‘तिहारको उपलक्ष्यमा आगामी ७ गतेदेखि १३ गतेसम्म सार्वजनिक बिदा परेकोमा यस कार्यालयबाट प्रवाह हुने सेवा संवेदनशिलतालाई मध्यनजर राख्दै सेवाग्राही एवं सरोकारवालाको हितलाई ध्यानमा राखि ७ र ८ गते सार्वजनिक बिदाका २ दिनसमेत कार्यालय सञ्चालन हुनेछ,’ जारी सूचनामा उल्लखे छ ।
SHARE YOUR THOUGHTS