काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७० करोड ५० लाख ६ हजार रूपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १०.७९ प्रतिशतले बढेको हो ।
अघिल्लो आवको असोज मसान्तमा बैंकले ६३ करोड ६३ लाख २१ हजार नाफा कमाएको थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९७ करोड २९ लाख ३२ हजार रूपैयाँ पुगेको छ । अघिल्लो आवको यसै अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४२ करोड २३ लाख ६२ हजार रूपैयाँ थियो ।
यस्तै, बैंकको सञ्चालन नाफा ८८ करोड २५ लाख १६ हजार रुपैयाँबाट बढेर १ अर्ब १ करोड ८७ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।
१२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब १ करोड ८१ लाख ५७ हजार रुपैयाँ रहेको छ ।
१ खर्ब ७० अर्ब ४० करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले १ खर्ब ५१ अर्ब ८ करोड ३६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खराब कर्जा १.६१ प्रतिशतबाट बढेर १.६८ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ १९ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ २२ पैसा रहेको छ ।
SHARE YOUR THOUGHTS