![](https://internal.appharu.com/wp-content/uploads/2018/07/Nabil-Bank-Ltd.jpg)
काठमाडौं । असोज मसान्तसम्म नबिल बैंकले १ अर्ब ५७ करोड १५ लाख ३७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ४१.२९ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ११ करोड २२ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।
चालु आवको पहिलो तीन महिनामा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको उल्लेख्य सुधारले नाफा बढाउन सहयोग गरेको छ ।
असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ६७ करोड ७१ लाख ७९ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब २४ करोड १५ लाख २७ हजार रुपैयाँ रहेको थियो ।
यस्तै सञ्चालन मुनाफा २ अर्ब २३ करोड ४ लाख ४६ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १ अर्ब ५८ करोड ८८ लाख २३ हजार रुपैयाँ पुगेको छ ।
२२ अर्ब ८३ करोड २९ लाख ९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २७ अर्ब ५१ करोड ४२ लाख ५७ हजार रुपैयाँ रहेको छ ।
३ खर्ब ३४ अर्ब ९ करोड ५२ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ खर्ब ५ अर्ब ६९ करोड ६७ लाख ३९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खराब कर्जा १.१३ प्रतिशतबाट बढेर २.३३ प्रतिशत पुगेको छ । २७ रुपैयाँ ०१ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ २३३ रुपैयाँ २८ पैसा रहेको छ ।
SHARE YOUR THOUGHTS