![](https://internal.appharu.com/wp-content/uploads/2018/10/nmb-bank.png)
काठमाडौं । एनएमबि बैंकको नाफा १३.४३ प्रतिशतले घटेको छ ।
तीन महिनाको अवधिमा बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा १३.४३ प्रतिशतले घटेर ९० करोड ४१ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।
गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ४ करोड ४४ लाख ३७ हजार रुपैयाँ रहेको थियो । तीन महिनामा बैंकको खुद ब्याज आम्दानी बढेपनि सञ्चालन मुनाफामा गिरावट आएको छ ।
गत आवको असोज मसान्तमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४२ करोड २० लाख ५५ हजार रुपैयाँ रहेकामा चालु आवको सोही अवधिमा २ अर्ब ५ करोड ४२ लाख ८० हजार रुपैयाँ रहेको छ ।
यस्तै सञ्चालन मुनाफा गत असोज मसान्तमा १ अर्ब ४७ करोड रुपैयाँ रहेकामा चालु आवको सोही अवधिमा घटेर १ अर्ब २९ करोड १९ लाख ३५ हजार रुपैयाँ रहेको छ ।
१८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगुेडा कोषमा ६ अर्ब ८८ करोड ९० लाख ५० हजार रुपैयाँ रहेको छ ।
तीन महिनाको अवधिमा १ खर्ब ८० अर्ब ६९ करोड ६२ लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ७८ अर्ब ७१ करोड ३७ लाख ६६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
यो अवधिमा बैंकको खराब कर्जा १.८५ प्रतिशतबाट बढेर १.९० प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ६९ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ६० पैसा रहेको छ ।
SHARE YOUR THOUGHTS