ट्विटरका सीईओ र दुई वरिष्ठ व्यवस्थापक बर्खास्त, एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा किन्ने सम्झौता गरे « Eglish Khabarhub

ट्विटरका सीईओ र दुई वरिष्ठ व्यवस्थापक बर्खास्त, एलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा किन्ने सम्झौता गरे



एजेन्सी । अमेरिकी मिडियामा आएको खबर अनुसार ट्विटरका सीईओ पराग अग्रवाल र अन्य दुई वरिष्ठ व्यवस्थापकलाई बर्खास्त गरिएको छ ।

भारतीय मूलका पराग अग्रवालले आईआईटी बम्बईमा अध्ययन गरे र नोभेम्बर २०२१ मा ट्विटरको सीईओ बने।

अमेरिकाको न्युयोर्क टाइम्स, सीएनएन र वाशिंगटन पोस्टले स्रोतलाई उद्धृत गर्दै यो समाचार दिएको हो । रिपोर्टका अनुसार एलोन मस्कले अब ट्विटरको नियन्त्रण लिएका छन् र सोसल मिडिया कम्पनीलाई ४४ अर्ब अमेरिकी डलरमा किन्न सम्झौता गरेका छन्।

पराग अग्रवाल, नेड सिगेल र विजया गाडेलाई मस्कले बर्खास्त गरेको वाशिंगटन पोस्टका टेक रिपोर्टर फैज सिद्दिकीले ट्वीट गरेका छन्।

हाल ट्विटरमा यसबारे कुनै जानकारी दिइएको छैन।

Publish on: