
काठमाडौं । तिहारलगत्तै आइतबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ ।
नेपालीहरुको महान पर्व तिहारले गर्दा ७ गतेदेखि बजार कारोबार बन्द थियो ।
तिहारअघि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकोमा आइतबार १ हजार रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
साथै, चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँ कायम भएको छ । तिहारअघि कारोबार हुँदा चाँदीको मूल्य प्रतितोला १२ सय १५ रुपैयाँ कायम भएको थियो ।
SHARE YOUR THOUGHTS