चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको ओइरो « Eglish Khabarhub

चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको ओइरो


१३ कार्तिक २०७९, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

चितवन । तिहार र छठ पर्वको लामो बिदाको समयमा चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको ओइरो लागेको छ ।

निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जीप, हात्ती, डुङ्गा र पैदल यात्रा गर्नेहरु अधिक भएका हुन् । निकुञ्जभित्रका सडकमा जीप बाक्लो देखिन्छन् भने जीप र हात्ती यात्रा गर्न पालो कुर्नुपर्ने अवस्था रहेको छ ।

तिहारको टीकाको भोलि पल्टबाट आन्तरिक र बाह्य पर्यटकको बाक्लो उपस्थिति रहेको हो । सङ्ख्यात्मक हिसाबले आन्तरिक पर्यटक धेरै छन् ।

पर्यटकीय गतिविधिमा समावेश भएर रात नबसी फर्किनेको सङ्ख्या ठूलो छ । सौराहा, पटिहानी, जगतपुर र मेघौलीका राम्रा पर्यटकीय होटल भरिएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारी निकुञ्जको सौराहाबाट ३२, कसराबाट १४, मेघौलीबाट ९ र माडीबाट एउटा जीपले दैनिक पर्यटक निकुञ्ज घुमाएको बताउँछन् ।

नेचर गाईडको सहयोगमा पैदल यात्रा गर्ने, डुङ्गामा घुम्नेको सङ्ख्या पनि निकै बढेको उनको भनाइ छ ।

दैनिक १० देखि १५ लाख रुपैयाँ राजस्व सङ्कलन भइरहेको उनले बताए । सौराहामा हात्ती सञ्चालन गर्दै आएको युनाइट हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले देशैभरबाट आन्तरिक पर्यटक आएको बताए । ‘अहिले त कुरा गर्ने फुर्सद पनि छैन’ उनले भने ।

सहकारीका ३२ वटा हात्तीले दैनिक चार पटक मध्यवर्ती सामुदायिक वन घुमाउँदा पनि धेरैलाई हात्ती चढाउन नसकिएको उनले बताए ।

तिवारीले आफ्नो होटलमा विराटनगरदेखिका आन्तरिक पर्यटक आएर भरिएको बताए। लामो बिदाका कारण पर्यटकको राम्रो उपस्थिति रहेको उनी बताउँछन् ।

आन्तरिक रुपमा पर्यटक घुमाउन सवारीसाधनको अभाव भएको तिवारीले जानकारी दिए ।

पर्यटक बढेसँगै रेष्टुरेण्ट भरिभराउ छन् । रेष्टुरेण्ट व्यवसायी दीपेन्द्र खतिवडाले चहलपहल निकै बढेको बताए । आन्तरिक र बाह्य पर्यटकले रेष्टुरेण्ट भरिएका छन् । बजार क्षेत्रमा रहेका होटलमा कोठा नपाएको गुनासो गरेको रेष्टुरेण्ट एण्ड वार एशोसिएशन सौराहाका निवर्तमान अध्यक्षसमेत रहेका खतिवडाले जानकारी दिए । सौराहामा ८० हाराहारी रेष्टुरेण्ट छन् । ‘कोभिडपछिको धेरै पर्यटक अहिले सौराहा आएका हुन् ।’

सौराहाको युनिक वाईल्ड रिसोर्टका सञ्चालक गुणराज थपलिया युरोपियन पर्यटक पनि राम्रो रहेको बताउँछन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले तिहारमा पर्यटकको राम्रो उपस्थिति रहेको बताए । होटलका कोठाको तुलनामा अन्य पर्यटकीय गतिविधिमा पर्यटकको चाप बढिरहेको उनी बताउँछन् ।

पटिहानीमा रहेको जङ्गल भिल्लाका सञ्चालक गणेश पौडेल पर्यटक निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्याका बढेको बताउँछन् ।

राप्ती किनारमा पटिहानीदेखि मेघौलीसम्म रहेका नौ वटा ठूला होटलमा स्वदेशी र विदेशी पर्यटक धेरै रहेको उनको भनाइ छ ।

ती होटलमा कुनै दिन भरिने र कुनै दिन केही मात्र कोठा रहने गरेका छन् । कोभिडपछि यसरी पर्यटक आएको पहिलो भएको व्यवसायी बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, बाघ, भालु, घडियाल गोही, चरा लगायतका लागि प्रख्यात छ । विश्वका धेरै मुलुक र नेपाली पर्यटकको रोजाइमा यो निकुञ्ज पर्दछ । हात्तीमा मध्यवर्ती सामुदायिक वन घुम्न र जीप, पैदल डुङ्गा निकुञ्जमा सयर गर्न पर्यटक रुचाउँछन् । यससँगै थारु संस्कृति पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार ००:००  ८ : ११ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping