![](https://internal.appharu.com/wp-content/uploads/2018/11/Election-commection-nepal.jpg)
काठमाडौं । निर्वाचन आचार संहिता विपरित क्रियाकलाप गरेको भन्दै निर्वाचन आयोगले बुधबारसम्म ७० जनालाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित स्वतन्त्र उम्मेदवार पुकार बमसम्मलाई आयोगले स्पष्टीकरण सोधेको थियो ।
आयोगले मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा (पञ्चेबाजा) को प्रयोग भएको सम्बन्धमा प्रचण्डलाई स्पष्टीकरण सोधेको थियो ।
SHARE YOUR THOUGHTS